म हुँ एउटा रित्तो भाँड़ो

को. म हुँ एउटा रित्तो भाँड़ो, फुस्रो माटोले बनेको, कुटी-पिटी,
काटी-छाँटी, तपाईंको इच्छाअनुसारको भाँड़ो मलाई बनाउनुहोस्‌ (२)

१. म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस्‌ (२)
तपाईंको गुणले भरेर, बल्दो साक्षी बनाउनुहोस्‌ (२)

२. पवित्रात्मा पलपलमा मलाई नम्र तुल्याउनुहोस्‌ (२)
कदम-कदममा डोर्याउँदै, प्रार्थनाको जीवन दिनुहोस्‌ (२)

३. येशू तपाईंको भाँड़ो हुँ, अति थकित र कमजोर छु (२)
तपाईंको सामर्थी हातले, समातेर चलाउनुहोस्‌ (२)

Your encouragement is valuable to us

Your stories help make websites like this possible.