आकाशभन्दा उच्च-उच्च छ नाउँ

१. आकाशभन्दा उच्च-उच्च छ नाउँ, सागरभन्दा गहिरो गहिरो छ प्रेम

आसमानभन्दा विशाल-विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको ।

को. यसैले गर्छौ प्रशंसा, गाउँछौँ महिमा उनै येशूको (२)

 

२. वाक्यले व्यक्त नहुने, भन्नलाई शब्द नपुग्ने प्रेम,

आदि देखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम

स्वर्ग छोडी आउनुभो’ क्रूसैमा मर्नुभो’, मृत्युलाई जित्नुभो’, हामीलाई मुक्ति दिनलाई ।

 

३. सारा सृष्टिले ढोक्नेछ, सबै घुँडाहरू टेक्नेछन्‌,

निर्बल बलियो हुनेछ, लाटोले पुकार्नेछ त्यो नाउँ

अन्धो ले देख्नेछ, बहिरोले सुन्नेछ, मुर्दा बिउँतनेछ उनैलाई महिमा दिनलाई ।

Your encouragement is valuable to us

Your stories help make websites like this possible.