I'm the one empty vessel

को. म हुँ एउटा रित्तो भाँड़ो, फुस्रो माटोले बनेको, कुटी-पिटी, काटी-छाँटी, तपाईंको इच्छाअनुसारको भाँड़ो मलाई बनाउनुहोस्‌ (२) १. म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस्‌ (२) तपाईंको गुणले भरेर, बल्दो साक्षी बनाउनुहोस्‌ (२) २. पवित्रात्मा पलपलमा मलाई नम्र तुल्याउनुहोस्‌ (२) कदम-कदममा डोर्याउँदै, प्रार्थनाको जीवन दिनुहोस्‌ (२) ३. येशू तपाईंको भाँड़ो हुँ, अति थकित र कमजोर छु (२) तपाईंको सामर्थी हातले, समातेर चलाउनुहोस्‌ (२)

Your encouragement is valuable to us

Your stories help make websites like this possible.